Image Description

कोसेली एक्सप्रेसमार्फत उपहार पठाउँदा अब खल्ती वालेटबाट पनि भुक्तानी गर्न मिल्ने

कोसेली एक्सप्रेस बाट नेपाल भरि उपहार पठाउदा खल्ति बाट भुक्तानी गर्न मिल्ने भएको छ । सजिलो र भरपर्दो तरिका बाट नेपाल भरि उपहार पठाउनको लागि, नेपालको अग्रणी अनलाइन बाट उपहार पठाउने माध्यम कोसेली एक्सप्रेसले हालै खल्ति भुक्तानीलाई पनि आफ्नो प्लेटफर्ममा समावेश गरेको छ। यो कदमले कोसेली एक्सप्रेसका प्रयोगकर्ताहरूको लागि भुक्तानीको लागि सहजता बढाएको छ। खल्ति, नेपालमा डिजिटल भुक्तानीमा विश्वसनीय नाम हो, जसले प्रयोगकर्ताहरूलाई सुरक्षित र सहज लेनदेन गर्नका लागि एक सुरक्षित र भरपर्दो डिजिटल वालेट हो। खल्ति संगको सहकार्य बाट अब कोसेली एक्सप्रेसका ग्राहक ले नेपाल भरि अनलाइनको माध्यम बाट उपहार पठाउदा खल्ति वालेटका साथै Nepal Clearing House को Connect IPS, Mobile Banking बाट पनि भुक्तानी गर्न सकिने भएको छ। खल्ति संगको भुक्तानीको सहकार्य बारे उत्साह व्यक्त गर्दै कोसेली एक्सप्रेसका संचालक सबिता आचार्य भन्छन्, 'खल्ति जस्तो विश्वसनीय भुक्तानी सेवा प्रदायक संगको सहकार्यले कोसेली एक्सप्रेसबाट केक, चकलेट, फलफुल लगायत विभिन्न उपहार पठाउदा भुक्तानीमा धेरैनै सहज हुनेछ ।

Image Description

नेपालभर गिफ्ट पठाउन सकिने अनलाइन प्लेटफर्म ‘कोसेली एक्सप्रेस’

काठमाडौं । विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई लक्षित गर्दै अनलाइन गिफ्ट पसल कोसेली एक्सप्रेस सञ्चालनमा आएको छ । नेपालमा आफ्ना आफन्त तथा इष्टमित्रलाई उपहार पठाउन सकिने गरी कोसेली एक्सप्रेस सञ्चालनमा आएको हो । कोसेली एक्सप्रेस मार्फत नेपाल तथा विश्वभरिबाट जन्मदिन, विवाहको वर्षगाँठ तथा विभिन्न चाडपर्वको अवसरमा अनलाइनबाटै केक, चकलेट, विभिन्न फास्ट फुड लगायतका उपहार पठाउन सकिने छ । कम्पनीका अनुसार यो सेवा काठमाडाैं, पोखरा लगायतका नेपाल १०० बढी सहरमा उपलब्ध छ । त्यस्तै प्लेटफर्मबाटै ज्योतिष सेवा, वास्तु सेवा, गृह आरम्भ लगायत पूजा कार्य समेत गर्न सकिने कम्पनीले जनाएको छ । साथै यसमार्फत गिफ्ट तथा सेवा खरिद गर्दा विदेशी तथा स्वदेशी एटीएम कार्ड प्रयोग गरी भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

Image Description

Koseli Xpress Revolutionizing Nepal’s Koseli Gift-Giving Tradition

Nepal's traditional gift-giving ritual, Koseli, is a cherished cultural practice where gifts symbolize affection and respect during occasions like Dashain and Tihar.